नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

केन्द्रबिन्दु
0
Shares

काठमाठौं, २९ कात्तिक ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत भएका छन् ।

नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ ।

युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सकेका छन् ।

Logo