एक सय ६७ तेस्रो लिङ्गी मतदानमा सहभागि हुने

एक सय ६७ तेस्रो लिङ्गी मतदानमा सहभागि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २५ कात्तिक । आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १६७ जना तेस्रो लिङ्गी मतदान प्रक्रियामा सहभागी हुने भएका छन् । 

कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रो लिङ्गी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए । 

नागरिकता लिएको आधारमा आयोगले १६७ जना तेस्रो लिङ्गीको तथ्यांक निकालेको हो । साहका अनुसार सो संख्या गत स्थानीय तहको निर्वाचनमाभन्दा २३ जनाले बढी हो । स्थानीय तहको निर्वाचनमा १४४ जना तेस्रो लिङ्गी निर्वाचनमा सहभागि भएका थिए । सबैभन्दा बढी सप्तरीमा २० जना तेस्रो लिङ्गी, पर्सामा १६ र काठमाडौँमा ११ जना तेस्रो लिङ्गी सहभागि हुनेछन् । देशको ३३ जिल्लामा भने तेस्रो लिङ्गी मतदाता रहेका छैनन् । 

यसैगरी नयाँ शक्ति नेपालले तेस्रो लिङ्गी पिङ्की गुरुङ (सञ्जीव) लाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रतिनिधिसभाको सदस्यको लागि समानुपातिकतर्फबाट नीलहीरा समाजका अध्यक्षसमेत रहेका गुरुङलाई उम्मेदवार बनाएको हो । 

गुरुङले पुरुष र महिलाको प्रतिनिधित्व हुने ठाउँमा आफू पनि उम्मेदवार बनेको बताए । रासस

Logo