वर्षमान पुनमाथि शक्तिशाली हमला, दोहोरो फायरिङ

वर्षमान पुनमाथि शक्तिशाली हमला, दोहोरो फायरिङ

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिनुद सम्बाददाता । काठमाडौँ, २५ कार्तिक । 

माओवादी नेता वर्षमान पुन रोल्पामा आक्रमण भएको छ  । जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा उनको गाडीमा माइन बिस्फोट भएको छ । 

उनलाई लक्षित गरि नेकपाका कार्यकर्ताले ओछ्याएको माइन विस्फोट भएको हो । बिस्फोट लगतै लुकेर बसेका नेकपाका कार्यकर्ताले फायरिङ् समेत गरेका छन् । लगतै सुरक्षामा स्कटिङमा रहेको प्रहरीले जवाफी फायरिङ गरेका छन् ।

माइन बिस्फोटबाट दुइ वटा गाडीमा क्षति पुगेको छ । गाडीमा सवार सबै जना सकुशल रहेका छन्  । गाडीमा पुन संगै माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती,  माओवादी तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति उम्मेदवार ईश्वर घर्ती लगायात थिए । 

हिजो शुक्रबार माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरी बम बिस्फोट गरिएको थियो ।

Logo