संसारभरि फेल भइसकेको साम्यवाद सफल हुन दिन्नौ- नेता सिंह

संसारभरि फेल भइसकेको साम्यवाद सफल हुन दिन्नौ- नेता सिंह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक  ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । गणेशमान सिंहको १०३ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा सिंहले बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टहरुले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्न खोजेको बताएका छन् ।

उनले भने, ‘रुपान्तरित भएर बहुदलीय संसदीय व्यवस्थामा आइसकेका कम्युनिष्टहरुले फेरि पनि एकदलीय शासन व्यवस्था कायम गर्छु भनेर घोषणा गर्छन् भने कांग्रेस सहमत हुँदैन । हामी बहुलवादमा आधारित संसदीय व्यवस्था मान्ने कम्युनिष्टहरुलाई मान्छौं । यदि त्यसलाई चुनौति दिन्छ भने हामी सामना गर्न तयार छौं । विगतमा जस्तै अप्रजातान्त्रिक उग्रवामपन्थीको विरुद्धमा कांग्रेस उभिन्छ ।’

१० वर्षभित्र नेपालमा साम्यवाद ल्याउँछौं भनेर वाम गठबन्धनका नेताहरुले भनेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘यो दिवा सपना मात्र हो, सफल हुन दिँदैनौं ।’ उनले संसारभरि फेल भइसकेको साम्यवाद वाम गठबन्धनले नेपालमा ल्याउन नसक्ने उनले बताए ।

Logo