लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाईयो

लौहपुरुष गणेशमान सिंहको जन्मजयन्ती मनाईयो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र सुदृढ गर्न स्वर्गीय गणेशमान सिंहका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गरी आत्मसात् गर्न जोड दिएका छन् । प्रजातन्त्र स्थापना र पुनः स्थापनाका लागि जीवनभर संघर्ष गरेका योद्धा एवं विस २०४६ का जनआन्दोलनका सर्वाेच्च कमाण्डर स्व गणेशमान सिंहको जन्मजयन्तीमा आज शोभाभगवतीमा रहेको उनको शालिकमा माल्र्यापण गर्दै नेता सिंहले प्रजातन्त्र पुनः स्थापनाका लागि आफ्ना पिता गणेशमान सिंहले देखाएको त्याग र तपस्याको चर्चा गरे   । 

संघीय संसदको निर्वाचनमा काठमाडौँ क्षेत्र १ का उम्मेदवारसमेत रहेका पूर्वमहामन्त्री सिंहले नेकपा (एमाले) र माओवादी केन्द्र एक भई निर्वाचनमार्फत साम्यवाद ल्याउने सपना देखेका छन्, यो दिवा सपना मात्र हो, सफल हुँदैन भने  । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले प्रजातन्त्र पुनः स्थापनाका लागि सर्वेच्च नेता गणेशमान सिंहको योगदान अतुलनीय रहेको बताए  । विभिन्न कार्यक्रम आयोजना गरी प्रजातन्त्र पुनः स्थापनाका लागि अविछिन्न योद्धा एवं विस २०४६ का ऐतिहासिक जनआन्दोलनका सर्वाेच्च कमाण्डर स्व गणेशमान सिंहका जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Logo