ओली र दाहालले चौध सहरमा संयुक्त सम्बोधन गर्ने

ओली र दाहालले चौध सहरमा संयुक्त सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ कात्तिक ।

आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा देशका १४ प्रमुख सहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ सहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बताए ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण सहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई दुई नेताले सम्बोधन गर्ने छन् ।

उनका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने छन् । रासस

Logo