नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

नेपाल र पोखरेलका निर्वाचन परिचालन कमिटी गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९ कात्तिक ।

आगामी मंसिर २१ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं २ बाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी गतिविधि प्रचारप्रसार गर्नका लागि निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

नेपालको प्रचार अभियान सञ्चालन गर्नका लागि क्षेत्रीय, नगर कमिटी र वडास्तरका निर्वाचन परिचालन कमिटी गठन गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । नेपालको चुनावी कार्यक्रम सञ्चालन गर्न एमालेले समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्वमा कमिटी बनाएको हो ।

यस्तै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका विभिन्न वडामा पनि वडास्तरीय कमिटी गठन गरिएको छ । निर्वाचन गतिविधिलाई तीव्र बनाएका नेपालले अगुवा कार्यकर्ता भेला र महिला भेलासमेत गरिरहेको स्वकीय सचिव गौतमले बताए ।

यस्तै काठमाडौं क्षेत्र नं ५ बाट एमाले तर्फबाट उम्मेदवार बनेका महासचिव ईश्वर पोखरेलले पनि चुनावी अभियान तीव्र पारेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले विभिन्न भेला र भेटघाटका कार्यक्रम शुरु गरेको उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका निर्वाचनको प्रचारप्रसार गर्नका लागि एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

Logo