काठमाडौं, १९, कात्तिक
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । "/>

अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनु पर्ने

अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १९, कात्तिक
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो । आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन् । मतदाता भन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ । समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिक भन्दा अघि नै छापिसकेको छ । अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र सुरुमा एउटै पानामा दुईवटा मतपत्रको ढाँचा तयार गरेको थियो । तर सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा छाप्न आदेश दिएपछि नयाँ ढाँचा बनाएर आयोगले मतपत्र छाप्न थालेको हो । नयाँ ढाँचा अनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङमा निर्वाचन चिह्न अंकित हुनेछन् । त्यसैगरी प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्न अंकित हुनेछन् । ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनु पर्नेछ । रातो रङ भएको मतपत्र समानुपातिक निर्वाचन प्रणालीको हुनेछ । जुन पानाको माथिल्लो भागमा प्रतिनिधिसभाको मतपत्र हुनेछ भने तल्लो भागमा प्रदेश सभाको मतपत्र हुनेछ । एउटै पानामा रहेका दुईवटा मतपत्रको दुवैमा मतदान गर्नु पर्नेछ । प्रत्यक्षतर्फको मतपत्रमध्ये कालो रङको प्रदेश सभा र हरियो रङको प्रतिनिधिसभाको मतपत्र भएकाले मतपेटिका पनि ती मतपत्रका लागि छुट्टाछुट्टै राखिएको हुन्छ ।
नयाँपत्रिकाबाट

Logo