राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन- नेता बिजुक्छे

राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन- नेता बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, १७ कत्तिक (रासस) । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

रफत सञ्चार क्बलद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताए । वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए ।

गठबन्धनले गर्दा देशमा दुई पार्टीका रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीका रुपमा राजनीतिक दल आए झनै राजनीति भद्रगोल हुने बताए । उनले ‘थ्रेसहोल्ड’ले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने भन्दै थ्रेसहोल्डकोे विरोधसमेत गरे ।

Logo