पूर्व डिआइजी नवराज सिलवालले गराए ललितपुर १ बाट मनोनयन दर्ता

पूर्व डिआइजी नवराज सिलवालले गराए ललितपुर १ बाट मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ललितपुर, १६ कात्तिक ।

निकै चर्चामा रहेका पूर्व डिआइजी नवराज सिलवालले वामगठबन्धनको उम्मेदवारका रूपमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनी केही समयपहिले मात्र नेकपा एमाले पार्टी प्रवेश गरेका थिए ।

आज उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसमक्ष दिएको प्रतिक्रियामा उनले आफूलाई राज्यले अन्याय गरे पनि जनताले अन्याय नगर्ने कूटनीतिक दाबी गरे ।

एमालेबाट उम्मेदवार बनेका उनले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्यायविरुद्ध म जनताबाट न्याय माग्छु ।’

उनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उदयर शमशेर राणासँग रहेको छ ।

Logo