काठमाडौं,१६, कात्तिक
निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ । "/>

मनोनयन दर्तामा सहभागी हुन आयोगको अपिल

मनोनयन दर्तामा सहभागी हुन आयोगको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६, कात्तिक
निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ । मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पुर्याउन सबै सँग आग्रह गरे।

निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उनले भने, आज विहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचनक्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ। मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचनक्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दैछन् । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो।
नागरिकबाट

Logo