पोखरा, १५, कात्तिक

पहिलो संविधानसभा निर्वाचनमा भारी मत ल्याएर जितेका बाबुराम भट्टराई अहिले गोरखा–२ मा प्रतिनिधि सभाका उम्मेदवार हुन्। "/>

लोकतन्त्रको प्रश्नमा मात्र कांग्रेससँग नजिक भएको हुँ -बाबुराम

लोकतन्त्रको प्रश्नमा मात्र कांग्रेससँग नजिक भएको हुँ -बाबुराम

केन्द्रबिन्दु
0
Shares

पोखरा, १५, कात्तिक

पहिलो संविधानसभा निर्वाचनमा भारी मत ल्याएर जितेका बाबुराम भट्टराई अहिले गोरखा–२ मा प्रतिनिधि सभाका उम्मेदवार हुन्। माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी खोलेर संयोजन गरिरहेका भट्टराई अहिले कांग्रेसको साथ लिएर चुनावी मैदानमा छन् । संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ वटा क्षेत्रमा खुम्चिएको छ । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । ०७० मा पनि उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्र पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । त्यही क्षेत्रका मतदाताले भट्टराईलाई संविधानसभा निर्वाचनमा सर्वाधिक मत दिलाएका थिए ।

अघिल्ला निर्वाचनमा एउटै दलबाट चुनावी मैदानमा उत्रिँदा पनि अधिक मत ल्याएर विजयी भएका उनलाई अहिले त्यही क्षेत्रभित्र चुनावी मैदानमा भिड्दा कांग्रेसको साथ खोज्नुको कारण त्यहाँका मतदाताले भट्टराईसँग मागेका छन् । अघिल्लो पटक मत दिएका उनै मतदातालाई यो पटक अविश्वास गरेर कांग्रेसको साथ खोजेको हो कि भन्ने आशंका पोखरामा बसोबास गर्ने गोरखाली मतदाताले गरेका छन् । देशभरबाट सबैभन्दा बढी मत दिएर जिताउँदा जिताउँदै तपाईंले अहिले कांग्रेसको साथ किन खोज्नुभयो ? गोरखाका रमेश श्रेष्ठले पोखरामा भट्टराईलाई यही प्रश्न राखे ।

गोरखाका मतदातालाई पोखरामा भेट्ने क्रममा श्रेष्ठको जिज्ञाशामा भट्टरार्ईको जवाफ थियो, ‘लोकतन्त्रको मुद्दामा कांग्रेससँग केही निष्ठा छ । तर, एमाले र माओवादी रूपान्तरण हुन सकेनन् । लोकतन्त्रको प्रश्नमा मात्र कांग्रेससँग नजिक भएको हुँ । त्यसैले सहकार्य गरेको हुँ । मैले मतदातालाई अविश्वास गरेको होइन ।’ ‘वाम गठबन्धनले लोकतन्त्र निषेध गर्न खोज्यो, तर, हामी वाम लोकतन्त्र बन्न खोजेका हौं,’ उनले भने, ‘वाम र लोकतन्त्र एकैसाथ हुनुपर्छ । तर कम्युनिष्टले लोकतन्त्र निषेध गर्न खोजे । हामी वाम र लोकतन्त्रको शक्ति बन्न चाह्यौं ।’
नागरिकबाट

Logo