काठमाडौं, १५, कात्तिक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन् । "/>

तराई मधेसका जनताको अधिकारका पक्षमा छौं– अध्यक्ष दाहाल

तराई मधेसका जनताको अधिकारका पक्षमा छौं– अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५, कात्तिक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसको अधिकार स्थापित गराउन आफ्नो पार्टी अझै बढी क्रियाशिल भएर लाग्ने बताएका छन् । हिजो आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टीका विभिन्न स्तरका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, “वाम गठबन्धन भएपछि तराई मधेसको विषयमा के हुन्छ भन्ने आशंका र भ्रम फैलाइएको छ, जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा कुनै पनि सम्झौता हुँदैन ।” अध्यक्ष दाहालले आफ्नो पार्टी र नेकपा(एमाले) बीच चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि त्यस विरुद्ध अनेकन प्रचार भएको उल्लेख गर्दै त्यस्तो प्रचार गर्नेले आफ्नो कमजोरी लुकाउन खोजेको बताए ।

आर्थिक समृद्धि र जनताको अधिकार स्थापित गराउने लक्ष्यका साथ वामगठबन्धन भएको छ, उनले भने, “हामी जनताको अधिकारका पक्षमा छौं, आर्थिक समृद्धिका पक्षमा छौं, गलत प्रचारले कुनै अर्थ लाग्दैन, अझ हामी जनताको पक्षमा दृढताका साथ उभिन्छौ ।” अध्यक्ष दाहालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घडीमा जनपक्षीय उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्व आएको बताउँदै मधेसको मुद्दालाई थप सशक्त बनाउन जरुरी रहेको छ, भने । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको क्रममा आफूले तराई मधेसका विभिन्न स्थानमा सहभागी भएको र जनताको भावनालाई बुझने मौका पाएको स्मरण गर्दै उनले आगामी निर्वाचनमा विजय हासिल गर्न प्रतिवद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा राजपा सिराहाका अध्यक्ष दिनेशराय यादव र सो पार्टीसंग आवद्ध सुरेश राय, राजकुमार राय, तेजनारायण राय, नरेश राय, सुरेन्द्र महत्तो, नागेन्द्र राय लगायत ३० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

रासस

Logo