नेविसंघ अध्यक्ष महर स्वेच्छाचारी भएको पाँच उपाध्यक्षको आरोप

नेविसंघ अध्यक्ष महर स्वेच्छाचारी भएको पाँच उपाध्यक्षको आरोप

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ कात्तिक ।

सत्तारुढ नेपाली कांग्रेस निकटस्थ नेपाल विद्यार्थी संघ (नेविसं) का केन्द्रीय अध्यक्ष नैनसिंह महरमाथि स्वेच्छाचारी एवं गैरजिम्मेवार भएको आरोप लगाइएको छ । नेविसंघका पाँचजना उपाध्यक्षले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महरविरुद्ध यस्तो आरोप लगाएका हुन् ।

उपाध्यक्षहरू क्रमशः प्रकाश राना, खड्ग डाँगी, नवीन राई, उर्मिला थपलिया र सागर परियारले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तिमा ‘वामहरूको अप्रत्याशित गठजोडले लोकतन्त्र नै धरापमा पर्ने … विषम परिस्थितिमा संगठनलाई एक ढिक्का बनाउनुपर्ने ऐतिहासिक दायित्वलाई नजरअन्दाज गरी सहमति र सहकार्यको सिद्धान्तविपरीत शक्तिको आडमा वर्तमान अध्यक्षका स्वेच्छाचारी एवम् गैरजिम्मेवार क्रियाकलापले संगठनलाई अन्योलको भुमरीमा धकेलिरहेको’ उल्लेख गरिएको छ ।

विज्ञप्तिमा ‘व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित भई उहाँले चाल्नुभएका विधानविपरीत निर्णयहरूप्रति हामी घोर आपत्ति दर्शाउँदै गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख गरिएको छ ।

                   केन्द्रीय अध्यक्ष नैनसिंह महर

नेविसंघको केन्द्रीय समिति १२१ सदस्यीय छ । ‘संघको विधानमा आमन्त्रित केन्द्रीय सदस्यको कुनै व्यवस्था नभए पनि अध्यक्षले त्यो पद सिर्जना गरी केही व्यक्ति मनोनयन गरेको, महाधिवेशनको म्यान्डेटविपरीत गुटगत टुकडी निर्माण गरेको, अध्यक्ष नै कम्बल ओढेर घ्यु खाने प्रवृत्तिको मतियार भएको’ आदि आक्षेप लगाउँदै प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यथाशीघ्र अध्यक्षले आफूबाट भएका अवैधानिक निर्णयहरू फिर्ता लिई आफ्ना गल्तीहरूको आत्मालोचना गरी संगठनभित्र सहजताको वातावरण सिर्जना गर्नका लागि जोडदार माग गर्दछौं ।’

प्रेस विज्ञप्ति यस प्रकार छ–

Logo