फोरम र राजपाले यसरी गरे प्रदेश २ को सिट बाँडफाँट (सहमति-पत्रसहित)

फोरम र राजपाले यसरी गरे प्रदेश २ को सिट बाँडफाँट (सहमति-पत्रसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १४ कात्तिक ।

आसन्न चुनावमा उम्मेदवारी दिने सन्दर्भमा गठबन्धन गर्दै संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ का प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।

प्रदेश २ को प्रतिनिधिसभाका लागि निर्धारित ३२ मध्ये १७ सिट फोरमलाई दिइएको छ भने बाँकी १५ सिट राजपाले पाएको छ । यसै गरी प्रदेशसभातर्फ रहेका ६४ मध्ये ३३ सिट फोरमले र बाँकी ३१ सिट राजपाको भागमा परेको छ ।

जिल्लागत रूपमा पर्साको १,२ र ३ फोरमले र ४ राजपाले लिएको छ । बाराको १ र ४ राजपाले भने २ र ३ फोरमले लिएको छ ।

रौतहटको १, २ र ४ राजपाले तथा ३ फोरमको भागमा परेको छ । सर्लाहीको १, २ र ४ राजपाको तथा ३ फोरमको भागमा परेको छ ।

धनुषाको १, २ र ४ राजपाले भने ३ फोरमले पाएको छ । त्यसैगरी सिरहाको १, २, ४ फोरम र ३ राजपाको भागमा परेको छ । सप्तरीको १ र २ फोरम तथा ३ र ४ राजपाले लिएका छन् । त्यसै गरी महोत्तरीको १ र ४ फोरमका उम्मेदवारका लागि तय गरिएको छ भने २ र ३ बाट राजपा उम्मेदवारले निर्वाचन लड्ने छन् ।

Logo