अन्ततः पक्राउ परे बालकृष्ण ढुंगेल, जेल चलानको तयारी

अन्ततः पक्राउ परे बालकृष्ण ढुंगेल, जेल चलानको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४ कार्तिक  । सर्बोच्च अदालतबाट हत्या अभियोगमा जन्मकैदको फैसला भएका माओवादी केन्द्रका नेता एवम पुर्व सभासद बालकृष्ण ढुंगेल पक्राउ गरेका छन् । उनलाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले सातदोबाटोबाट पक्राउ गरेको हो ।

एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको बताईएको छ । सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल लुकिछिपी बस्दै आएका थिए । फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा समेत परेको थियो । 

पक्राउ परेका ढुंगेललाई अहिले हिरासतमा राखिएको र जेल चलान गर्ने तयारी भईरहेको प्रहरी स्रोतले बताएको छ । सर्वोच्चले ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई जन्मकैदको फैसला सुनाएको थियो ।

 

Logo