काठमाडौं, १४, कात्तिक
नेपाली कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो बुधबार सम्ममा लगाउने भएको छ । "/>

आज र भोलिमा कांग्रेस उम्मेदवारको टुंगो लगाउने

आज र भोलिमा कांग्रेस उम्मेदवारको टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४, कात्तिक
नेपाली कांग्रेसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम टुंगो बुधबार सम्ममा लगाउने भएको छ । कांग्रेसले उम्मेदवार पुग्न असहज भएका पहाडी जिल्लाका हकमा मंगलबार (आज) सबै उम्मेदवारको टुंगो लगाएर पठाउने तयारी गरेको छ । तराई र काठमाडौं उपत्यकाका हकमा भने बुधबार सम्म सबै उम्मेदवारको टुंगो लगाइ सक्ने तयारी गरेको छ । कांग्रेस नेता तथा टिकट वितरणका लागि बनेको संसदीय समितिका सदस्य बालकृष्ण खाँडले बुधबार सम्म सबै क्षेत्रका उम्मेदवारको अन्तिम टुंगो लगाइसक्ने जानकारी दिए । ‘पहाडी भूभागका उम्मेदवारको टुंगो मंगलबार नै लाग्छ, तराई र काठमाडौंका हकमा भने बुधबार सम्म सबै उम्मेदवारको टुंगो लगाइने तयारी छ,’ नेता खाँडले सँग भने ।
राजधानीबाट

Logo