काठमाडौँ, १३, कात्तिक
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने निश्चित भएको छ । "/>

माधव नेपाल रौतहट जान डराए !?

माधव नेपाल रौतहट जान डराए !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, कात्तिक
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने निश्चित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुई ठाउँबाट निर्वाचित भएका नेपालले दुई मध्ये एक रोज्नुपर्दा काठमाडौँ छाडेर रौतहट रोजेका थिए । तर स्थनीय तहको निर्वाचनमा प्रमुख पदमा एमाले रौतहटमा शून्य बन्न पुगेपछि झस्केका नेपाल पुनः ७० मा छाडेको निर्वाचन क्षेत्रबाटै प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने भएका छन् ।

त्यस्तै प्रहरीभित्र योग्य भएर पनि आइजिपी हुनबाट रोकिएपछि जागिर छोडेर राजनीतिमा आएका नवराज सिलवाल ललितपुरको १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बन्ने भएका छन । उनको नाममा पार्टी स्थायी कमिटीमा समेत सहमति जुटिसकेको छ । प्रहरीभित्र इमान्दार अधिकृतको छवी बनाएका सिलवाल केही साता अघि प्रहरीको जागिर छोडेर एमालेमा प्रवेश गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo