काठमाडौँ, १३, कात्तिक
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज सम्म प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् । "/>

आज सम्म सबै क्षेत्रको उम्मेदवारी टुंगो लाग्ने

आज सम्म सबै क्षेत्रको उम्मेदवारी टुंगो लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १३, कात्तिक
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज सम्म प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् । हिजो बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले आजसम्म सबै तहको उम्मेदवार निक्र्योल गर्ने निर्णय गरेको हो । दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको बताइन् । उनले हिजो प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताइन् ।

समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन हिजो दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए । नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन । उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दा सम्म जारी रहेको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागेको र प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको विषयमा छलफल जारी रहेको र हिजो राति अबेरसम्म टुंगो लाग्ने जानकारी दिए ।

रासस

Logo