निर्बाचनबाट कम्युनिष्टहरु समाप्त हुन्छ- काँग्रेस

निर्बाचनबाट कम्युनिष्टहरु समाप्त हुन्छ- काँग्रेस

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, १० कार्तिक । कांग्रेस निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले नेपालका कम्युनिष्टहरु समाप्त हुने बताएका छन् ।

समितिले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेता खांडले यस्तो दाबी गरेका हुन्। सम्मेलनमा बोल्ने बक्ताहरुले कांग्रेस सिध्याउन लागेका राणा, राजा आफैं समाप्त भएको भन्दै कांग्रेस सिध्याउन एकजुट भएका एमाले र माओवादी पनि सकिने चेतावनी दिए ।

साथै उनीहरुले कम्युनिष्ट गठबन्धन कांग्रेसका लागि अबसर बनेको पनि बताएका छन् ।

Logo