एमाले-माओवादी गठबन्धनको कडा चेतावनी, निर्वाचन सारिए त्यो सह्य नहुने (प्रेस वक्तव्य समेत)

एमाले-माओवादी गठबन्धनको कडा चेतावनी, निर्वाचन सारिए त्यो सह्य नहुने (प्रेस वक्तव्य समेत)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ कात्तिक ।

नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि बहानामा सारिए त्यो कुरा सैह्य नहुने खबरदारी गरेका छन् । राजधानीमा बिहीबार संयुक्त पत्रकार सम्मलेन गर्दै गठबन्धनका नेताहरूले यस्तो खबरदारी गरेका हुन् । गठबन्धनका शीर्ष नेताहरुले सर्वोच्चको पछिल्लो आदेशले चिसो पसेको जिकिर गरेका छन् ।

नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको अवस्थामा चुनाव सार्न नहुने बताए । नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम-कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुन जान्छ ।’

एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्झिने समय छैन ।’

मतपत्रबारे एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्योलग्रस्त कुरा गरेको तर, पछि बुझेँ भनेको सुनाउँदै उनले भने, ‘निवेदक सत्तारुढ पार्टीकै सहमहामन्त्री नै हुनु र अदालतको मानहानी भएको निवेदनमा मानहानी भयो भएन नसोधेर मागेको भन्दा बढ्ता कुराले अलिकति झस्कएको छ ।’

ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै उनले यसलाई विथाल्न खोजे स्वीकार्य नहुने बताए । ‘यो लोकतन्त्र कसैले किस्तीमा राखेर दिएर होइन । जनताको बलिदानबाट पाएको लोकतन्त्रलाई कसैको लहडमा चलाउन मिल्दैन ,’ उनले भने ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचन प्रक्रिया शुरु भएकै कारणले संंसद स्थगित गरिएको हो । सभामुखले स्थगित भन्नु भएको छ । निर्वाचनमा ब्यवधान गर्न खोज्दा माघ ७ गतेसम्म हेक्का राख्नुपर्छ भन्ने पनि हो ।’

प्रचण्डले सर्वोच्चको आदेशले आफूहरुलाई चिसो पसेको उल्लेख गर्दै उम्मेदवार मनोनयन प्रक्रिया शुरु भएपछि संसद स्थगित भएको बताए ।
बन्दसूची पेश गरी निर्वाचन प्रक्रिया शुरु भएकाले सभामुखले संसद स्थगित मात्रै गरेको भन्दै प्रचण्डले निर्वाचन सार्ने षड्यन्त्र भए संसद पुनर्स्थापना गर्ने स्पष्ट संकेत गरे ।

संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ–

 

Logo