काठमाडौँ, ९, कात्तिक
नेपाली काँग्रेसका पूर्व सह महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेस सत्ता केन्द्रित राजनीतिमा प्रेरित भएको आरोप लगाएक छन् । "/>

काँग्रेसले तयार पारेको गठबन्धनको जोशीद्धारा खुलेरै विरोध

काँग्रेसले तयार पारेको गठबन्धनको जोशीद्धारा खुलेरै विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९, कात्तिक
नेपाली काँग्रेसका पूर्व सह महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले काँग्रेस सत्ता केन्द्रित राजनीतिमा प्रेरित भएको आरोप लगाएक छन् । तनहुँबाट काँग्रेसको टिकट पाउन दबाब मुलुक कार्यक्रम गर्दै आएका जोशीले दमौलीमा पत्रकार सम्मेलन गरी काँग्रेसले तयार पारेको गठबन्धनको खुलेर विरोध गरे । उनले नीतिगत भन्दा पनि सत्ताको राजनीतिले प्रेरित भएर गठबन्धन बनाएको भन्दै यस्ता गतिविधिले काँग्रेसलाई आफ्नो आर्दशबाट बिचलित गराएको आरोप लगाए । काग्रेस अब बीपीको आदर्शबाट बिमुख भईसक्यो, त्यसैले त कहिले माओवादी केन्द्रसँग त कहिले नया शक्ति लगायतका दलसँग गठबन्धन गरी सत्ताकेन्द्रित भईरहेको छ, जोशीको भनाई छ । नेता जोशीले तनहुँ क्षेत्र नम्वर १ बाट आफूलाई टिकट नदिई रामचन्द्र पौडेललाई उठाए उनको जमानत जफत बनाईदिने चेतावनी दिए । मलाई टिकट नदिने योजना बनाइदैछ भन्ने सुनेको छु यदि त्यसो भए रामचन्द्र पौडेलले मात्र होइन सिंगो काँग्रेसले नै ठुलो मुल्य चुकाउनुपर्छ । पत्रकार सम्मेलनमा उनको भनाई थियो । आफुलाई तनहुँका जनताले रुचाएकाले आफु कुनै पनि हालतमा चुनावबाट पछि नहट्ने भन्दै नेता जोशीले पार्टीबाट नभए बागी उम्मेद्धारी दिने संकेत गरे । नेता जोशीले पौडेललाई अन्य क्षेत्रबाट टिकट दिएर आफुलाई क्षेत्र नम्वर १ बाटै टिकट दिनुपर्ने भन्दै जिल्लामा विभिन्न दवाव मुलक कार्यक्रम गर्दै आएका छन ।
नेपाल समाचारपत्रबाट

Logo