मनाङ, ९, कात्तिक
एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ । "/>

अन्ततः दिपक मनाङे एमालेका आधिकारिक उमेदवार

अन्ततः दिपक मनाङे एमालेका आधिकारिक उमेदवार

केन्द्रबिन्दु
0
Shares

मनाङ, ९, कात्तिक
एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको बताए । ‘हाम्रो उम्मेदवार नै अब राजीव (दीपक मनाङे) हो। स्वतन्त्रबाट उम्मेदवारी दिए पनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ। ‘ एमालेकी उम्मेदवार खण्डाको उम्मेदवारी फिर्ता भएको छ,’ ढकालले भने, ‘अब स्वतन्त्र उम्मेदवार राजीव र कांग्रेसका कर्मा गुरुङ बीच प्रतिश्पर्धा हुनेछ।’ एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिम समयमा विवाद हुँदा खण्डालाई उम्मेदवार चयन गरेको थियो । आफुलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख॒ बाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारीक उम्मेदवार बनाउने एमालेको तयारी थियो।

नागरिकबाट

Logo