काठमाडौँ, ९, कात्तिक
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले चारैतिर ‘पुँजीवादी आतंक’ छाएको बताएका छन् । "/>

वाम नभई दाम गठबन्धन : कांग्रेसलाई अब संग्रहालयमा – विप्लव

वाम नभई दाम गठबन्धन : कांग्रेसलाई अब संग्रहालयमा – विप्लव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९, कात्तिक
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले चारैतिर ‘पुँजीवादी आतंक’ छाएको बताएका छन् । रुसी अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा बुधबार खुलामञ्चमा आयोजित सभामा बोल्दै चन्दले विश्वभरि अहिले पुँजीवादले संकटैसंकट सिर्जना गरेको दाबी गरे । पुँजीवादबाट समस्या समाधान नहुने भन्दै चन्दले सम्पूर्ण समस्याको समाधानका लागि समाजवादी झन्डा उठाउनु पर्ने बताए । उनले भने, ‘चारैतिर फैलिएको पुँजीवादी आतंकको विकल्पको रूपमा वैज्ञानिक समाजवाद स्थापनामा लाग्न म युवालाई आग्रह गर्छु ।’ अक्टोबर क्रान्ति हुनु भन्दा पहिला रुसमा मजदुरलाई भोट हाल्ने अधिकार नभएको चर्चा गर्दै चन्दले अक्टोबर क्रान्तिले रुसमा मात्र नभई विश्वभर सर्वहारा वर्गका लागि खुसियाली ल्याएको बताए ।
चन्दले आफूहरूले युद्ध नचाहेको बताए । ‘हामी युद्ध चाहदैनौँ, दास हुन पनि चाहदैनौँ, आत्मसम्मानसहित बाँच्न चाहन्छौँ,’ चन्दले भने । एमाले र माओवादी गठबन्धनलाई चन्दले वाम नभई दाम गठबन्धन भएको आरोप लगाए । उनले कांग्रेस काम नलाग्ने गरी थोत्रिसकेको भन्दै कांग्रेसलाई अब संग्रहालयमा राख्ने तर्क गरे ।

नयाँपत्रिकाबाट

Logo