ताप्लेजुङमा वाम गठबन्धनको उम्मेदवारी दर्ता, दुई पार्टीको एउटै ब्यानर 

 ताप्लेजुङमा वाम गठबन्धनको उम्मेदवारी दर्ता, दुई पार्टीको एउटै ब्यानर 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ताप्लेजुङ ,५ कातिक ।  

वाम गठबन्धनलाई व्यवहारिक रूप दिँदै ताप्लेजुङमा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दर्ता गरेका छन । अन्य जिल्लाको तुलनामा ताप्लेजुङको उम्मेदवारी दर्ता फरक देखिएको छ । 

अन्य जिल्लामा संयुक्त उम्मेदवारहरु उम्मेदवार दर्ता स्थल अगाडि जम्मा भएर उम्मेदवारी दर्ता गराएका छन् भने ताप्लेजुङमा संयुक्त ब्यानरसहित दुईवटै पार्टीका नेता कार्यकर्ताहरू सामूहिक रुपमा विभिन्न सांस्कृतिक झाँकीहरुसहित जुलुसमा सहभागी भएका छन । 

केही जिल्लामा गठबन्धन भए तापनि छुट्टै रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

नेकपा (एमाले)का सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराई प्रतिनिधिसभामा र प्रदेशसभा तर्फ १ मा एमाले जिल्ला अध्यक्ष बलबहादुर सामसोहाङ (सुरेन्द्र) र प्रदेशसभा २ मा माओवादी केन्द्रका केन्द्रीय स्थायी कमिटी सदस्य  टंक आङबुहाङ  ताप्लेजुङमा संयुक्त उम्मेदवारका रुपमा खडा भएका छन । 

१:३० बजे बाट ताप्लेजुङ सदरमुकामको बीरेन्द्र चोकबाट दुई पार्टीका नेता कार्यकर्तासहतिको संयुक्त जुलुस बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता स्थलमा पुगेको छ । 

मंसिर १० गते सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा निर्वाचन हुन लागेको हो ।

Logo