सूर्यराज आचार्य बन्ने भए काठमाडौं-२ बाट विवेकशील साझा पार्टी उम्मेदवार

सूर्यराज आचार्य बन्ने भए काठमाडौं-२ बाट विवेकशील साझा पार्टी उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ कात्तिक ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको सन्दर्भमा विवेकशील साझा पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन् । उनले भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, थाइल्याण्डबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा विद्यावारिधि गरेका छन् ।

पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्य अनुभव संगालेका आचार्यसित लामो समय जापानको ‘इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसि स्टडिज’मा ‘सिनियर रिसर्च फेलो’ र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा काम गरेको अनुभव छ ।

 

Logo