तोकिएको समयमा निर्वाचन भए माओवादी सरकारबाट हट्ने

तोकिएको समयमा निर्वाचन भए माओवादी सरकारबाट हट्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३१ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र माओवादी केन्द्रका मन्त्री सरकारमा रहने कि नरहने भन्ने विषयमा कुराकानी भएको छ ।

निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरु सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् । त्यस अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

अध्यक्ष ओलीसँग छलफल

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गरेका छन् । सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो । रासस

Logo