माओवादीले तत्काल सरकार नछाड्ने : गृह मन्त्री जनार्दन

माओवादीले तत्काल सरकार नछाड्ने : गृह मन्त्री जनार्दन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३१ असोज ।

आजै अपरान्हसम्म सरकारबाट बाहिरिने चर्चा सार्वजनिक भए पनि नेकपा माओवादी केन्द्र देउवा सरकाबाट नबाहिरिने भएको छ।

आज दिउँसो गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री जनार्दन शर्माले आफूहरुले तत्काल सरकार नछाड्ने बताएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीले सरकार छाडेमा चुनाव सार्ने जानकारी आएकाले तत्काल सरकार छाड्ने निर्णयबाट पछि हट्नुपरेको मन्त्री शर्माले जानकारी दिए।

‘गृहमन्त्रीका हैसियतमा चुनाव सार्ने प्रपन्च भइरहेको सूचना मलाई पनि आएको छ। सरकार छाड्ने चिठीको अन्तिम ड्राफ्ट बनाइरहँदा यस्तो सूचना आएकाले ड्राफ्ट च्यातचुत पारी हामी चुनाव गर्नका लागि सरकार छाड्ने निर्णयबाट पछि हट्यौं’, शर्माले भने।

एमालेसँग गठबन्धन गर्दा पनि सरकार छोड्नु भएन अहिले पनि सरकारमा बस्ने बहाना खोज्नुभएको त होइन ? भन्ने पत्रकारको प्रश्न मन्त्री शर्माले आफूहरूलाई सरकारमा बस्ने कुनै लोभ नभएको बताए।

प्रधानमन्त्रीले माओवादी मन्त्रीलाई विनाविभागीय बनाए भने के गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा उनले भने- त्यो त प्रधानमन्त्रीको अधिकारको कुरा हो।

त्यसअघि, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि एक पत्रकार सम्मेलनको आयोजना गरी हाललाई माओवादीले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउँदै हाललाई सरकारबाट नबाहिरिने तथ्य औँल्याएका थिए ।

Logo