नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० असोज ।

दुई दल क्रमशः नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज सोमबार पार्टी एकता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्र, जसलाई ‘एकताको दस्तावेज’ भनिएको छ, लाई सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए ।

कार्यक्रममा भावुक देखिएका गच्छदारले भने, ‘मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु । मलाई विरोध गर्नेको परवाह छैन ।’

स्रोतअनुसार,  गच्छदारलाई उपसभापति दिने र  लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी कायम भएको छ । 

 

यस्तो छ, नेका–नेलोफोबीचको सहमति पत्र :

 

Logo