अन्तत: नवनियुक्त मन्त्रीहरुको भाग्य खुल्यो

अन्तत: नवनियुक्त मन्त्रीहरुको भाग्य खुल्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २८ असोज  ।

सांसद पदको समय घर्किदै गर्दा मन्त्री पद पनि गुम्ने हुन् कि भन्ने चिन्ताले ग्रस्त नवनियुक्त ८ मन्त्रीहरुको भाग्य खुलेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापासहित ४ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश र प्रतिनिधि सभा निर्बाचनको आचारसंहिता लागु भैसकेको अबस्थामा प्रधानमन्त्रीले चालेको यो कदमको निर्बाचन आयोगदेखि राष्ट्रपति कार्यालयसम्मले चासो लिएपछि माहोल थप पेचिलो बनेको थियो । तर आज आयोगका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको छलफलपछि यो बिषय टुंगिएको हो । आयोगका पदाधिकारीले सरकारले पहिले पनि आचारसंहिता उल्लङ्घन गरेको र शुक्रबारको कदम पनि त्यसैको निरन्तरता भएको बताएर अन्तिम निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई सुम्पेको थियो ।

लगतै राष्ट्रपति कार्यालयले नवनियुक्त मन्त्रीहरुलाई आज साँझ ७ बजे शपथग्रहण गराउने समय तोकेको हो । आज राप्रपा अध्यक्ष कमल थापा उप प्रधानमन्त्री, नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री र कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् ।

Logo