‘आचार संहिता उल्लङ्घन सामान्य’- निर्वाचन आयुक्त

‘आचार संहिता उल्लङ्घन सामान्य’- निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २८ असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका प्रमुख अायुक्त अयोधीप्रसाद यादवबीचको भेटवार्ता सम्पन्न भएको छ। निर्वाचन आचार संहिता बिपरित प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बिस्तार गरेको बिषयमा राष्ट्रपति भण्डारीबाट चाँसो व्यक्त भएको प्रमुख आयुक्त यादबले जानकारी दिएका छन। 

राष्ट्रपतिसंगको भेटवार्ता सम्पन्न भएलगत्तै पत्रकारहरुसंगको कुराकानीमा प्रमुख आयुक्त यादबले आचार संहिता उल्लङ्घन यस अघि पनि हुँदै आएको र अहिले पनि त्यसैको निरन्तरता भएको जानकारी गराए। प्रधानमन्त्री देउवाबाट सरकार बिस्तार गरि निर्वाचन आचार संहिता उल्लङ्घन भएको सम्बन्धमा के गर्ने भन्ने निर्णय गर्ने अधिकार राष्ट्रपतिको नै भएको उनले स्पष्ट पारे। 

राष्ट्रपति भण्डारीबाट मन्त्रिपरिषद विस्तार आचार संहिता आकर्षित हुन्छ या हुन्न भन्ने जिज्ञासा भएको यादबले संचारकर्मीहरुसंगको कुराकानीमा बताएका छन। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच केहिबेरमा छलफल सुरु हुने भएको छ।

Logo