राप्रपा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

राप्रपा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई दृष्टिगत गर्दै यही असोज ३० र ३१ गते ललितपुरमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । पार्टीको प्रशिक्षण विभागले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा देशभरबाट करिब १०० जना वरिष्ठ नेतालाई चुनावमा प्रभावकारी भूमिका निर्वाह गर्न सैद्धान्तिक ज्ञानसहितको प्रशिक्षण दिइनेछ । 

शीर्ष नेतृत्वले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षा गरी सांगठनिक सुदृढीकरणमा नेता तथा कार्यकतालाई सिकाउने विषयमा प्रशिक्षण दिइने छ । उक्त कार्यक्रममा तालीम लिएका केन्द्रीय प्रशिक्षकले पुनः सम्बन्धित क्षेत्र भूगोलमा गएर कार्यकर्तालाई जानकारी गराउने पार्टीका प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठकले जानकारी दिए । 

चुनावमा अधिकांश स्थानमा सफलता प्राप्त गर्न कार्यक्रममा सहभागी नेतालाई जनताको सेवालाई केन्द्रमा राखेर सामाजिक गतिविधिमा संलग्न हुन निर्देशन समेत दिइने छ । आगामी दिनमा पार्टीले संगठनको विस्तार तथा नयाँ राणनीति निर्माणमा विभिन्न मुलुकका अभ्यासलाई प्रयोग गरी राजनीतिक गतिविधि सञ्चालन गर्नेछ । रासस

Logo