जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

केन्द्रबिन्दु
0
Shares

नवलपरासी, २८ असोज । हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा काँग्रेस विजय भएको छ भने प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो । 

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा काँग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा काँग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् । त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । 

नवलपरासी पूर्वी जिल्लामा काँग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा काँग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो । पश्चिम जिल्लाको जिसस प्रमुखमा काँग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय हनुभएको छ । 

त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । रासस

Logo