राष्ट्रपतिद्वारा ७ बिधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा ७ बिधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २७ असोज । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार ७ बिधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्  । 

उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाती आयोग, मधेशी आयोग, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Logo