संसदको आयू भोलि संकिदै, सांसदहरुलाई भोज र बाटो खर्च

संसदको आयू भोलि संकिदै, सांसदहरुलाई भोज र बाटो खर्च

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २७ असोज ।

बर्तमान संसदको आयू भोलिबाट सकिँदै छ । सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । अन्तिम बैठकपछि ५ सय ९२ सांसदहरुलाई विशेष सम्मानका साथ बिदाइ गर्ने तयारी भैरहेको छ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकेको छ । शनिबार मध्यराति १२ बजेबाट संसदको आयु सकिएपछि राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाउने छन् ।

सभामुखले शनिबार दिउँसो २ बजे सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने कार्यक्रम तय भएको छ । त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै सांसदहरुलाई भोजसहित बाटो खर्च दिएर बिदाइ गरिने तयारी पनि भैरहेको छ ।

संसदको आयु सकिएसँगै ५ सय ९२ सांसद शनिबार मध्यरातिबाट भूतपूर्व हुनेछन् ।

Logo