केन्द्रविन्दु सम्बादाता 

काठमाडौँ, २७ असोज । "/>

अन्ततः बाबुरामले छाडे सूर्य, देब्रे आँखा नै प्यारो

अन्ततः बाबुरामले छाडे सूर्य, देब्रे आँखा नै प्यारो

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बादाता 

काठमाडौँ, २७ असोज । वाम गठबन्धनमा सहभागि भएसंगै नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाबमा जाने घोषणा गरेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले अन्तत: आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गरेका छन् । पार्टीको संघीय सचिवालय बैठकमा भट्टराईले देब्रे आँखा चुनाव चिन्हबाटै निर्वाचन लड्ने घोषणा गरेका हुन्।

गठबन्धनमा आफ्नो पार्टीलाई सम्मानजनक हैसियत नदिएको भन्दै नेता भट्टराईले यस्तो घोषणा गरेका हुन् । भट्टराईले गोर्खा २ बाट चुनाव लड्न चाहेपनि नेकपा माओवादीले असहमति जनाएको थियो।

संघीय सचिवालय बैठकमा आफूले जस्तोसुकै परिस्थितिमा पनि गोर्खा २ बाटै चुनाव लड्ने समेत घोषणा गरेका छन् । बैठकमा बोल्ने अधिकांश नेताहरुले पनि गठबन्धनमा सम्मानजनक हैसियत नदिए बहिस्कार गर्नुपर्ने बताएका छन् ।

Logo