एमाले शीर्ष नेताहरु, को कहाँवाट चुनाव लड्दै ?

एमाले शीर्ष नेताहरु, को कहाँवाट चुनाव लड्दै ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज ।

वामपन्थी गठबन्धनको सुत्रधार नेकपा एमालेले सबै शीर्ष नेतृत्वलाई चुनावी मैदानमा उतार्ने भएको छ । २७ जनाको स्थायी कमिटी रहेको एमालेका अधिकांश ‘हेवीवेट’ मैदानमा उत्रिने भएका हुन् ।

एमालेका शीर्ष नेताहरुको नाम जिल्ला र क्षेत्रवाट सर्वसम्मत रुपमा आएका छन् । संवैधानिक प्रावधान अनुसार यो पटक एक व्यक्ति एक निर्वाचन क्षेत्रको मात्र व्यवस्था रहेको छ । जसका कारण शीर्ष नेताहरु एक क्षेत्रको मात्र तयारीमा रहेका छन् ।

नेता, उनीहरुले चुनाव लड्ने जिल्ला र क्षेत्र
यस्ता छन एमालेका शीर्ष नेताहरुको चुनावी क्षेत्र
एमाले अध्यक्ष केपी शार्म ओली झापा क्षेत्र नं. ५
बरिष्ठ नेता झलनाथ खनाल ईलाम क्षेत्र नं. २
बरिष्ठ नेता माधव नेपाल काठमाण्डौ क्षेत्र नं. २
उपाध्यक्ष वामदेव गौतम वर्दिया क्षेत्र नं. १
उपाध्यक्ष भिम रावल अछाम क्षेत्र नं. २
उपाध्यक्ष युवराज ज्ञावाली दाङ क्षेत्र नं. ३
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नं. ९
महासचिव ईश्वर पोखरेल काठमाण्डौं क्षेत्र नं. ५
उप महासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं. ३
उप महासचिव घनश्याम भुसाल रुपन्देही क्षेत्र नं. २
सचिव प्रदिप ज्ञावाली गुल्मी क्षेत्र नं. २
सचिव गोकर्ण विष्ट गुल्मी क्षेत्र नं. १
सचिव योगेश भट्टराई ताप्लेजुङ
सचिव पृथ्वी सुव्वा गुरुङ लम्जुङ
सचिव भिम आर्चाय सुनसरी २ को ख

स्थायी समिती सदस्यहरु
सुवास नेम्बाङ्ग ईलाम १
शंकर पोखरेल दाङ ३
सुरेन्द्र पाण्डे चितवन २
किरण गुरुङ तनहु २ को ख
छविलाल विश्वकर्मा रुपन्देही ३

 

 

 

Logo