फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं–५ बाट सिफारिस

फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं–५ बाट सिफारिस

केन्द्रबिन्दु
0
Shares

विराटनगर, २५ असोज ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं–५ बाट सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुनुहुन्छ । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उनले जानकारी गराए ।

Logo