‘चुनाव सुनिश्चितताका लागि’ राप्रपाले गर्यो देउवा सरकारलाई समर्थन

‘चुनाव सुनिश्चितताका लागि’ राप्रपाले गर्यो देउवा सरकारलाई समर्थन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

संसदमा १९ सांसद भएको राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय सोमबार गरेको छ ।

विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने आशंका व्यक्त गर्दै ‘चुनाव सुनिश्चितताका लागि’ राप्रपाले यस्तो निर्णय लिएको हो ।

राप्रपा स्रोतका अनुसार कमल थापाकै नेतृत्वमा राप्रपा सरकारमा जाने तयारी भएको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिएपछि थापा सरकारमा सहभागी हुनेछन् ।

राप्रपाले सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि एक विज्ञप्ति जारी गर्दै भनेको, “सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसँग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरेपछि सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चितताको निमित्त राप्रपाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको छ ।”

Logo