नेकपा संयुक्त माओवादी केन्द्रमा समाहित हुने

नेकपा संयुक्त माओवादी केन्द्रमा समाहित हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

नेपाल कम्यूनिष्ट पार्टी संयुक्तले माओवादी केन्द्रमा समाहित हुने निर्णय गरेको छ । भर्खरै सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकले यस्तो निर्णय गरेको पोलिटब्यूरो सदस्य पदमराज जोशीले केन्द्रबिन्दुलाई जानकारी गराएका छन् ।

पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको बैठकमा महासचिव सुनिल मानन्धरले माओवादी केन्द्रमा समाहित हुने प्रस्ताव राखेका थिए । अध्यक्ष साहका अनुसार दुई दिनभित्र सम्पूर्ण प्रक्रिया पुरा भइसक्ने छ ।

 

 

 

Logo