निधिको नगरपालिकामा कांग्रेस कार्यकर्ताले मतपत्र खाइदिए !

निधिको नगरपालिकामा कांग्रेस कार्यकर्ताले मतपत्र खाइदिए !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धनुषा, २२ असोज ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको गृहनगर नगराइन नगरपालिकामा जारी नगरसभा निर्वाचनमा विवाद भएको छ ।

नगरसभाको निर्वाचनपछि मतगणना भइरहेको समयमा कांग्रेसका उम्मेदवारले मतपत्र खाइदिएपछि विवाद भएको हो ।

नगरसभा सदस्यहरुका लागि मतगणना जारी रहेको बेला नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण शाहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाइदिएका थिए ।

मतपत्र खाने साह अहिले प्रहरी नियन्त्रण मा छन् ।

Logo