चुरे भावर राष्ट्रिय पार्टी पनि एमालेमा समाहित हुँदै

चुरे भावर राष्ट्रिय पार्टी पनि एमालेमा समाहित हुँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ असोज ।

नेकपा (एमाले) र चुरे भावर राष्ट्रिय पार्टी दलीय एकता हुने अन्तिम तयारीमा पुगेका छन । केशवप्रसाद मैनाली नेतृत्वको चुरे भावर राष्ट्रिय पार्टी यही असोज २८ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरेर एमालेमा समाहित हुन लागेको हो ।

प्रतिनिधि सभामा तीन प्रतिशत थ्रेस होल्डको व्यवस्था र वाम गठबन्धको प्रभावस्वरूप साना दलहरूमा धमाधम पार्टी एकता गर्ने लहर देखिन थालेको छ ।

साना दलहरू र पार्टी छाडेर अन्यत्र पुगेका नेता कार्यकर्ताहरूलाई आफ्नो पुरानै घरमा फर्काउने अभियानअन्र्तगत एमालेले कार्यदल नै बनाएर सबैसँग वार्ता गरिरहेको छ ।

पूर्व बालबालिका तथा समाजकल्याण मन्त्री समेत रहेका बद्री न्यौपानेसहितको टोली चुरे भावर राष्ट्रिय एकता पार्टी र एमालेको अन्य पार्टीसँग एकता गर्ने कार्यदलको वार्ता अहिले पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको बुझिएको छ ।

वार्तामा पार्टी एकतापछि आफ्ना नेताहरूको हैसियत र पद बाडफाँडका र कार्यकर्ताको व्यवस्थापनका सन्र्दभमा कुरा हुने बैठकमा सहभागी हुन पुगेका चुरेभावरका एक नेताले जानकारी दिएका छन् ।

दुई पार्टीका प्रतिनिधिहरूको टोलीबीच पटक–पटक भएको वार्तापछि २८ गते पार्टी एकीककरण प्रक्रियाले अन्तिम रूप पाउने छ ।

Logo