‘हिजोसम्म देशको, आजदेखि एमालेको सिपाही’ –पूर्व डिआइजी सिलवाल (भिडियोसहित)

‘हिजोसम्म देशको, आजदेखि एमालेको सिपाही’ –पूर्व डिआइजी सिलवाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।

‘मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो ।’ नेपाल प्रहरीको डिआइजी पदबाट राजिनामा दिएका नवराज सिलवालले आज एमालेमा प्र्रवेश गरेपछि बोलेको पहिलो वाक्य हो यो । औपचारिक सम्बोधनपछि आफ्ना भनाइको सिलसिला सुरु गर्नुअघि सिलवालले लेनिनको उद्गार दोहोर्याउँदै एमाले पार्टी प्रवेश कार्यक्रममा प्रभावशाली ढंगले आफ्ना कुरा राखेका थिए ।

उनले आफूलाई राजनीतिले हस्तक्षेप गरेकोले अब आफूले पनि राजनीतिलाई हस्तक्षेप गर्न राजनीतिमा प्रवेश गरेको बताए । ‘वास्तवमा आफू राजनीतिबाट पीडित भएको सिपाही हुँ’ भन्दै उनले दुखेसो पोखे ।

सधैँ जय नेपालको सम्बोधनमा गौरव गर्ने सिलवालले एमाले मात्र अबको समृद्ध राष्ट्रका लागि एक सक्षम पार्टी भएको भन्दै गाौरवका साथ लाल सलाम गरेका थिए । अहिलेकोे अवस्थामा एमाले बाहेक अरु उपयुक्त पार्टी नभएको पनि उनले बताए ।

नेपाल प्रहरीको डिआइजी पदबाट राजिनामा दिएका नवराज सिलवाल शुक्रबार एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबाट एमाले प्रवेश गरेका हुन् । स्मरणीय छ, उनको राजिनामा भने अझै स्वीकृत भइसकेको छैन ।

आइजिपी बनाउन माग राख्दै सर्वोच्चमा हालेको मुद्दा हारेपछि सिलवालले डिआइजी पदबाट राजिनामा दिएका थिए । डिआइजी वरियतामा एक नम्बरमा रहे पनि चौथो वरियताका जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि सिलवाल सर्वाेच्च अदालत गएका थिए ।

अदालतले चन्दको नियुक्ति रोकेपछि सरकारले प्रकाश अर्याललाई आइजिपी नियुक्ति गर्यो । त्यसविरुद्ध पनि उनी पुनः अदालत त गए तर अदालतले सिलवालको रिट खारेज गरेको थियो । अदालतबाट न्याय नपाएपछि जनतामा जाने बताउँदै आएका उनले सोही दिन पदबाट राजिनामा दिएका थिए ।

 

Logo