सांसदहरुको गैरजिम्मेवारीपन: संसदको आयु सकिन लाग्दा पनि पुगेन गणपूरक

सांसदहरुको गैरजिम्मेवारीपन: संसदको आयु सकिन लाग्दा पनि पुगेन गणपूरक

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौँ, २० असोज ।

संसदको आयु सकिन लाग्दा पनि सांसदहरुको गैरजिम्मेवारीपन हट्न सकेको छैन । आज बसेको बैठक पनि गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।  

शुक्रबार बैठकमा ७ वटा विधेयक पारित गर्ने तयारी भए पनि ३ वटा विधेयक पारित भयो । आज कर्मचारी समायोजन सम्बन्धी विधेयक, अन्तर सरकारी वित्त व्यवस्थापन र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग सम्बन्धी विधेयक पारित भएको छ । 

चौथो बिधेयक पारित गर्ने बेलामा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि गणना गरिएको थियो । कुनै पनि बिधेयक पारित गर्न १ सय ४८ जना सांसदको उपस्थित हुनुपर्ने भए पनि सांसदको गणना गर्दा १ सय १० जना सांसद मात्र उपस्थित भएको पाइएपछि आजको बैठक स्थगीत गरिएको छ ।

Logo