काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर, २० असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली काँग्रेसका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुुर सिंह र गोपालसिंह गुरुङको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने नौ जनाको नाम सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ । 

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ १७ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरिएको छ भने प्रदेश नं २ बाट प्रत्यक्षतर्फ आठजना र समानुपातिकतर्फ १० जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं २ बाट नारायणप्रकाश साउद, बहादुरसिंह थापा, हरिप्रसाद बोहरा र भवानीदत्त भट्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस भएका छन् । 

त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं ३ बाट रमेश लेखक, बहादुरसिंह थापा र प्रेमकुमार विष्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ चारजना उम्मेदवार सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ । रासस

Logo