ओलीको बोली- ‘धोद्रो रुखमा युरिया हालेर काम लाग्दैन’

ओलीको बोली- ‘धोद्रो रुखमा युरिया हालेर काम लाग्दैन’

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसतर्फ इंगित गर्दै कटाक्ष गरेका छन् । शुक्रबार नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब ‘धोद्रो रुखमा युरिया हालेर काम लाग्दैन’ भन्दै कटाक्ष गरेका हुन् । 

के मा पानी हाल्ने के मा मल हाल्ने भन्ने सही रुपमा ठम्याएर नै सिलवाल पार्टी प्रवेश गरेको बताउदै अध्यक्ष ओलीले भने- ‘तपाईहरुले गरेको मलजल खेर जाँदैन ।’ सत्ताको उन्मादले डीआईजीलाई समेत धुरुधुरु रुवाएको भन्दै ओलीले सर्वसाधारणको हालत के होला भनेर प्रश्न गरेका थिए । 

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी मिलेको देखेर धेरै जना आत्तिएको बताए । ‘मैले केही दिन अघि भनेको थिएँ, निद्राको ट्याब्लेट धेरै बिक्छ भनेर तर अहिले त निद्रा लगाउने ट्याब्लेट सर्टेज भइसकेको छ’ उनले भने । कम्युनिष्ट पार्टी एकजुट हुनु नौलो कुरा नभएको बताउदै ओलीले यो एकता सत्ताका लागि नभएको दाबी गरे ।

Logo