चुनाव लड्न राजदूत दीपकुमार उपाध्यायद्वारा राजिनामा

चुनाव लड्न राजदूत दीपकुमार उपाध्यायद्वारा राजिनामा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजिनामा दिने भएका छन्। 

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन राजदूत उपाध्यायले पदबाट राजिनामा दिन लागेका हुन्। राजिनामाको प्रक्रिया अन्तिम चरणमा पुगेको निकट स्रोतले जानकारी दिएको छ ।

उपाध्यायले कपिलवस्तुबाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार दिने बुझिएको छ । भारतले गरेको नाकाबन्दीका समयमा नेपालीको हितमा काम नगरेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यायलाई फिर्ता बोलाएका थिए । पछि फेरि प्रचण्डको पालामा उनलाई भारतको राजदुतमा नियुक्ति दिइएको थियो ।

Logo