फोरम र राजपाबीच ‘एकै वाक्य’ मा सहमति: साझा उम्मेदवार, साझा गठबन्धन

फोरम र राजपाबीच ‘एकै वाक्य’ मा सहमति: साझा उम्मेदवार, साझा गठबन्धन

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच ‘एकै वाक्य’ मा सहमति जुटेको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रवार ‘एक वाक्य’ को संयुक्त वक्तव्य जारी गर्दै दुई दलबीच साझा उम्मेदवार र साझा गठबन्धन गर्ने सहमति भएको जनाएको हो ।

दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरेका हुन् । ‘आगामी प्रदेश सभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भै साझा उम्मेदवारहरुको रुपमा चुनावमा भाग लिने,उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टीहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहाकार्य गर्ने सहमति गरिएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Logo