काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता 

काठमाडौँ, २० असोज । दुई घण्टा ढिला गरी सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । 

शुक्रबार विहान ८ बजे बैठक बोलाईएको बैठक १० बजे मात्र बसेको भएपनि  बैठक दिउँसो ४ बजेसम्मको लागि स्थगित गरिएको छ । विहान बसेको बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले सामसामयिक राजनीतिक घटनाक्रमकोे बारेमा आफ्नो धारणा राखेका छन् । उनले अहिले बाम शक्तिहरुबीच एकता भएर सँगै चुनाव लड्ने घोषणा समेत भईसकेको अवस्थामा नेपाली काँग्रेसल पनि गुटगत विभाजनमा नलागी एकीकृत भएर चुनावमा होमिनुपर्नेमा जोड दिएका थिए । 

निर्वाचन सम्बन्धी धेरै कानूनहरु पारित गर्नको लागि व्यवस्थापिका संसद्को बैठक बोलाईएकाले बैठक सकेपछि फेरि बालुवाटारमा बस्ने गरी बैठक स्थगित गरिएको एक नेता  जानकारी दिए ।

Logo