संयुक्तले माओवादीको हसिया हथौडा चिन्हमा नै चुनाव लड्ने

संयुक्तले माओवादीको हसिया हथौडा चिन्हमा नै चुनाव लड्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ असोज

नेकपा (संयुक्त) ले माओवादी केन्द्रको निर्वाचन चिह्न हसिया हथौडामा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको उक्त पार्टीका पोलिटब्यूरो सदस्य पदमराज जोशीले जानकारी दिए ।

संयुक्तले बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । पदमराज जोशी बृहत वाम एकता अभियानमा सक्रिय युवा नेता हुन् ।

Logo